नियम
सम्बन्धीत हुलाकको काम

सम्बन्धित हुलाकको काम देहाय बमोजिम हुनेछः–

(क) हुलाक प्रतिनिधिसंग जमानी नलिई एकहजार रूपैया“ सम्मको, धनजमानी लिई दुई हजार रूपैया“ सम्मको र त्यसभन्दा माथिको हकमा महानिर्देशकले तोकिदिएबमोजिम हुलाक टिकट, टिकट भएको खाम, हवाईपत्र आदि मूल्याङ्कित हुलाक कागजात हुलाक सञ्चालन गर्नको लागि दिने र यसमा पाँच वर्ष पछि पचास प्रतिशत र अर्को पा“च वर्षमा शत प्रतिशत (कुल दश वर्षमा) स्वतः बढन सक्नेछ ।
(ख) अतिरिक्त हुलाकलाई ठेकिएको मसलन्द खर्च, पारिश्रमिकको रकम तथा अन्य रकम हुलाक प्रतिनिधिलाई एकमुष्ट दिने र त्यसको भरपाई हुलाक प्रतिनिधिबाट गराई राख्ने,
(ग) अतिरिक्त हुलाकको खर्चको मासिक फा“टवारी लिई समय समयमा हुलाक सेवा विभागमा पठाउने,
(घ) अतिरिक्त हुलाकमा रहेको हुलाक टिकट, नगद, अन्य मूल्याङ्कित हुलाक कागजातको साथै त्यसको सम्पूर्ण काम कारवाहीको जा“च गर्ने,
(ङ) अतिरिक्त हुलाकको स्थायी जिन्सी सामानको लेखा राख्ने,
(च) अतिरिक्त हुलाकको स्थापना र सञ्चालन सम्बन्धी प्रारम्भिक काम कारवाई गर्ने ।